हरिबोधनी एकादशीः व्यासमा पनि सार्वजनिक बिदा

  • ख-
  • ख+

दमौलीः हरिबोधनी एकादशीमा सोमबार व्यास नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलद्वारा जारी सूचनामा २३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार बिदा दिइएको उल्लेख छ ।

यस एकादशीमा तुलसी रोप्ने र ब्रत तथा स्नान गर्ने प्रचलन रहिआएको छ ।


यस अघि शुक्लागण्डकी नगरपालिकाले समेत यस्तै बिदा घोषणा गरेको थियो । बिदाका दिन नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा, वडा कार्यालय, शिक्षण संस्थालगायत बन्द रहने सूचनामा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी