समाजवादी प्रेस संगठनको उप महासचिवमा वाग्ले

  • ख-
  • ख+

दमौलीः तनहुँका पत्रकार तेजप्रसाद वाग्ले समाजवादी प्रेस संगठनको उप महासचिवमा चयन भएका छन् । राजधानीमा शनिबार सम्पन्न संघको केन्द्रीय समितिमा वाग्लेलाई महत्वपूर्ण जिम्मेवारी मिलेको हो ।

हाल नेपाल टेलिभिजनमा वरिष्ठ कार्यक्रम उत्पादकमा क्रियाशिल वाग्ले डेढ दशकयता रेडियो तथा टेलिभिजन पत्रकारितामा सक्रिय छन् ।

उनी श्रम मन्त्री कृष्णकुमार श्रेष्ठको प्रेस सल्लाहकार हुने समेत चर्चा छ ।

यसैगरी, तनहुँकी पत्रकार रविना ढकाल संगठनकी संस्थापक केन्द्रीय सदस्य चयन भएकी छन् ।

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी