कांग्रेस नेता जोशी भन्छन् ,’ मलाई समर्थन गरे समस्या समाधान ‘

  • ख-
  • ख+

दमौली: नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गाेविन्द राज जाेशिले अाँफुलाई चुनावमा समर्थन गरे समस्याको समाधान हुने बताएका छन् ।

अाफ्नाे टिकट अाँफै लिउँ अभियान चलाएर गाउँ पसेका नेता जाेशिले शनिबार दमाैलीमा रिपोर्टर्स क्लब तनहुँले गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनलेे स्वतन्त्र रूपमा भए पनि उमेदवारि दिने भन्दै यदि मैले दरखास्त दिँदा काङ्ग्रेस हार्छ भन्ने जानेदेखि गाेविन्दराज जाेशीलाई टिकट किन नदिने भन्दै प्रश्न गरे ।


काङ्ग्रेसकाे लागि जीवन भर संघर्ष गरेको ब्यक्तिलाई पाखा लगाएर हिजो अाएका हरूलाइ स्थान दिँदा काङ्ग्रेसका सच्चा कार्यकर्तालाई चाेट पुगेको जाेशीकाे भनाइ थियो ।

उनलेे पार्टीलाई उचाइमा पुर्याउन र काङ्ग्रेसलाई सबै क्षेत्रमा जिताउने हाे भने अझै पनि समय रहेको र अाँफुलाई समर्थन गर्न अाउन रामचन्द्र पाैडेल लगायतका नेतालाई अाग्रह गरे ।

एक अर्को प्रशँगमा नेता जाेशिले अाँफुलाई बाइपास गरे बाध्य भएर अन्य राजनीतिक दल सँग तालमेल गरेर चुनावी मैदानमा उत्रने समेत बताए । रिपाेटर्स क्लब नेपालका अमरराज नहर्किकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन अन्जन न्याैपानेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी