नेपाली कांग्रेस बन्दीपुर अधिवेशनः सभापतिमा कर्ण खत्री निर्वाचित

  • ख-
  • ख+

बन्दीपुरः नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्य समिति सभापतिमा कर्णबहादुर खत्री निर्वाचित भएका छन् । प्रत्यासी बैस गुरुङलाई पराजित गर्दै उनले विजय हासिल गरेका हुन् । विजयी खत्रीले ६७ मत ल्याउँदा प्रत्यासी गुरुङले ४५ मत पाए ।

यसैगरी उप सभापतिमा ७२ मतका साथ कृष्णराज अधिकारी र ९३ मतका साथ गणेशबहादुर गुरुङ निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार सचिव पदमा भने कर्णबहादुर गुरुङ र रामचन्द्र भण्डारी निर्विरोध भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी