दमौलीः अविरल वर्षापछि आएको पहिरोका कारण सोमबार रातीबाट डुम्रे बेसिसहर सडकको यातायात अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार भानु ८ पाँच सय डाँडामा माथिबाट झरेको पहिरोका कारण सडकमा दुईतर्फी आगमन अवरुद्ध भएको हो । ‘राती ११ बजेतिरबाट पहिरो खसेर सडक अवरुद्ध छ,’ बाईसजाँगर प्रहरी चौकीका सई कविन्द्र गुरुङले दमौली न्यूजसँग भने,‘खुलाउने प्रयास जारी छ ।’
सडक डिभिजन कार्यालयबाट गएको डोजरले पहिरो हटाउन थालेकाले बिहानसम्ममा यातायात दुईतर्फी हुने अपेक्षा गरिएको छ ।