ब्लक बनाउँदा लडेका चौधरीको मृत्यु्

  • ख-
  • ख+

दमौलीः शुक्लागण्डकीमा ब्लक निर्माणका क्रममा लडेका एक युवाको मृत्यु भएको छ ।

शुक्लागण्डकी २ साँखरमा न्यु श्रेष्ठ ब्लक उद्योगमा कार्यरत कञ्चनपुर बेलौरिया नगरपालिका–९ निवासी २१ वर्षका केशव चौधरीको ज्यान गएको हो ।

तनहुँ सेवा अस्पताल दुलेगौंडामा उपचारका लागि गएका उनको सोही क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी