दमौली न्यूज प्रभावः मानिसको ज्यान जोखिममा पार्ने गरी भानुमा लत्रिएको तार जोडियो

  • ख-
  • ख+

भानुः लत्रिएको तार व्यवस्थापन नगर्दा करेन्ट लागेर बालिका घाइते भएको भानु ८ लौडनडिहीमा नेपाल विद्युत प्राधिकरणले तार व्यवस्थापन गरेको छ ।

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख सोबितबहादुर क्षेत्रीले तार चुँडेको ठाउँमा मर्मत गरिसकिएको जानकारी दिए । ‘बालिका घाइते भए पछि मुचुल्का उठाउन केही समय मर्मत रोकिएको रहेछ,’ उनले भने,‘अहिले मर्मत भैसकेको छ ।’

दमौली न्यूजमा यसबारेमा समाचार आए पछि प्राधिकरणले मर्मत थालेको थियो ।

तीन दिन अघि भानु नगरपालिका वडा नम्बर ८,लौटनडिहीस्थित सडकमा लत्रिएको तारमा करेन्ट लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घाइते भएकी थिइन् ।

अचेत अवस्थाकी उनको चितवन मेडिकल कलेजमा उपचार भैरहको र अवस्थामा पनि सुधार आइरहेको परिवारले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी