निर्मलको विव्यस अध्यक्षमा तमबहादुर, सिअ संघमा हरि

  • ख-
  • ख+

दमौली: निर्मल माध्यमिक विद्यालयको विव्यस अध्यक्षमा
तमबहादुर दरै निर्वाचित भएका छन् । विद्यालयमा सम्पन्न अभिभावक भेलाले दरैको नेतृत्वमा सर्वसम्मत विव्यस चयन गरेको हो ।

समितिका सदस्यमा बिष्णुहरि न्यौपाने, इन्द्रबहादुर मल्ल
तथा सदस्य शान्ता छिमाल निर्वाचित भएका छन्।
यसैगरी, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्षमा हरिशरण खनाल निर्वाचित भएका छन् ।

समितिका सदस्यमा होमबहादुर श्रेष्ठ, चिजा भुजेल, रामकुमारी आले तथा  विना थापा निर्वाचित भएको विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव एवम् विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी