भानुको विव्यसमा विष्णु थापा सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः व्यास १० स्थित भानु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । सहजीकरण समितिका अध्यक्ष एवं व्यास १० का वडाअध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत रुपमा बिष्णुबहादुर थापा चयन भएका छन् ।

समितिका सदस्यमा अनिसरा गुरुङ, लिलबहादुर विक तथा सुरेन्द्र गुरुङ निर्वाभएका छन् । शिक्षक अभिभावक संघका अध्यक्षमा पदमबहादुर दरै निर्वाचित भएका छन् ।

कार्यक्रममा वडा सदस्य पतिमाया दरै, कांग्रेस वडा उपसभापति खेमराज पोख्रेल, सचिव प्रेमराज मिश्र लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेको विद्यालयका शिक्षक प्रतिनिधि कृष्णप्रसाद तिवारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी