अमरसिंह माविमा विव्यस गठन

  • ख-
  • ख+

दमौलीः व्यास ११ तनहुँसुरस्थित अमरसिंह माविको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ ।

मंगलबार सम्पन्न अभिभावक भेलाबाट विव्यस अध्यक्षमा गंगाबहादुर घर्ती चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा विमला विक, मनिषा राना, रत्नबहादुर चेपाङ, ज्ञानभक्त थापा,
अमृत विक चयन भएका छन् । वडा प्रतिनिधि हेरम्बजंग अधिकारी शिक्षक प्रतिनिधि दलबहादुर थापा सदस्य सचिवमा प्रअ बाबुराज वाग्ले चयन भएका छन् ।

विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा पदमबहादुर मश्राङ्गी, कमला चेपाङ, रेखा श्रेष्ठ, मानसिङ गौतम, भरत श्रेष्ठ, दल बहादुर कार्की, विनोद रमतेल, विष्णुबहादुर मास्की तथा प्रधानाध्यापक बाबुराज वाग्ले पदेन सदस्य चयन भएको विद्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी