व्यासमा अनलाइन कक्षा हुन नसके २५ जनाको प्रत्यक्ष कक्षा

  • ख-
  • ख+

दमौली:व्यास नगरपालिकाले २५ जनासम्म रहने गरी विद्यालयमा प्रत्यक्ष कक्षा चलाउने तयारी गरेको छ ।

मंगलबार बसेको नगर कार्यपालिका बैठकले अनलाइन कक्षा सञ्चालन हुन नसकेका खण्डमा यस्तो व्यवस्था गर्न जिल्ला जोखिम व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

नगरपालिकाका अनुसार भाद्र १३ बाट यस्तो कक्षा चलाउने तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी