क्याम्पस शुल्क घटाउन एबीआईटीको माग

  • ख-
  • ख+

दमौली: आदिकवि भानुभक्त क्याम्पसको एबीआईटी क्लबले शुल्क घटाउन क्याम्पस प्रशासनसँग माग गरेको छ ।

क्लबका अध्यक्ष विकल श्रेष्ठको नेतृत्वमा गएको समूहले क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई भेटेर ज्ञापन पत्र बुझाउँदै विद्यार्थीको मर्का बुझेर शुल्क घटाउन अनुरोध गरेको हो ।

नियमित कक्षा नहुँदा पनि शुल्क नघटेको तर विद्यार्थीहरू धेरैलाई शुल्क बुझाउन गाह्रो भएकाले विकल्प मा शुल्क घटाउने प्रस्ताव गरेको अध्यक्ष श्रेष्ठले बताए ।

क्याम्पसलाई पनि भार नपर्ने र विद्यार्थीको पनि हक हितको लागि काम गरेको भन्दै क्लबले माग पूरा गरिदिन प्रशासनसँग आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी