दमौलीः विद्यार्थी नेता सुवास अधिकारीले कांग्रेस बन्दीपुर गाउँ कार्य समिति सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
त्रिचन्द्र कलेजबाट नेविसंघ राजनीतिमा सक्रिय अधिकारीले डेढ दशक सम्म पनि स्ववियुको चुनाव हुन नसक्दा विद्यार्थी राजनीति बाट स्थापित हुनबाट बन्चित हुन परेको भन्दै र अब पार्टीको राजनीतिमा केन्द्रीत हुने जिकिर गरे ।
बन्दीपुर गाउँपालिकामा कांग्रेसको नेतृत्व स्थापित गर्न पनि आफ्नो उम्मेदवारीले भूमिका खेल्ने दावी उनले गरे ।