बाराहीमा नयाँ व्यवस्थापन, कलेज प्रमुखमा खड्का

  • ख-
  • ख+

दमौलीः दमौलीस्थित बाराही कलेज नयाँ व्यवस्थापन समूहले सम्हालेको छ । नयाँ व्यवस्थापन सम्हालेसँगै विद्यालय र कलेजमा नेतृत्व समेत परिवर्तन भएको छ ।

व्यवस्थापनले बाराही कलेज दमौलीको प्रमुखमा प्रकाश खड्कालाई जिम्मेवारी दिएको छ । यस अघि दमौली मोडल एकेडेमीमा लामो समय व्यवस्थापन सम्हालेका खड्कालाई कलेज प्रमुखका रुपमा जिम्मेवारी दिइएको हो ।

यसैगरी, कलेजको सहायक क्याम्पस प्रमुखमा दिनेश थापा नियुक्त भएका छन् । कलेज व्यवस्थापनका अध्यक्ष शंकरनारायण श्रेष्ठले नवनियुक्तलाई बधाई दिंदै दमौलीमा स्थापित कलेज र विद्यालयले अब थप गति लिने विश्वास व्यक्त गरे ।

नयाँ प्रविधि र अनुभवी व्यवस्थापनबाट सञ्चालन हुने भन्दै उनले शिक्षामा थप फड्को मार्ने विश्वास व्यक्त गरे । नयाँ व्यवस्थापनले बाराही आवासिय माविमा पनि जिम्मेवारी हेरफेर गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी