कर्मचारीमा संक्रमण देखिएपछि शुक्लागण्डकी नगरपालिका ४ दिन बन्द

  • ख-
  • ख+

दुलेगौंडाः कार्यरत अधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि शुक्लागण्डकी नगरपालिकाले चार दिन सेवा बन्दको घोषणा गरेको छ ।

नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालद्वारा जारी सूचनामा केही कर्मचारीमा संक्रमण पुष्टि भैसकेको र अरुमा पनि संक्रमणको जोखिम देखिएको उल्लेख छ ।

सोही कारण मंगलबारबाट ४ गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको प्रवक्ता कुमालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी