डिजि लिंकले इन्टरनेटको अनुमति पायो

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा मुख्य कार्यालय रहेको डि जी लिंक नेटवर्क प्रा.लि ले इन्टरनेट सेवा प्रदायकको अनुमति प्राप्त गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले मिति २०७८÷०४÷२२ गते डि जी लिंक लाई उक्त अनुमति प्रदान गरेको हो। अनुमति प्राप्त सँगै डि जी लिंक नेटवर्क प्रा.लि ले सिघ्र आफ्नो सेवा शुभारम्भ गर्ने जनाएको छ।

“केही प्राविधिक तयारी बाँकी छन् , एक हप्ताभित्र सम्पूर्ण तयारी पुरा गरिने छ । हामी भाद्र दोश्रो सातादेखि सेवा प्रारम्भ गर्ने तयारीमा छौँ“ प्रा. लि का अध्यक्ष विपिन वाग्लेले बताए। कास्की

पोखरा महानगरपालिकाका केही स्थान, तनहुँको म्याग्दे गाउँपालिकाका केही स्थान ,शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिका भरि नेटवर्क विस्तारको काम भइरहेको र अन्तिम चरणमा रहेको अपरेसन डिरेक्टर मदन केसीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी