कोरोनामा ज्यान गुमाएका महिबलका परिवारलाई रोटर्याक्ट भानुको राहत

  • ख-
  • ख+

भानुः रोटर्याक्ट क्लब अफ भानुले भानु ५ महिबलमा कोरोनाबाट ज्यान गुमाएका तथा परिवारै आइसोलेसनमा रहेका सदस्यलाई राहत वितरण गरेको छ ।

हालै संक्रमणका कारण सदस्य गुमाएर आइसोलेसनमा रहेको आठ जनाको संयुक्त परिवारलाई खाद्य सामग्री सहयोग गरिएको संस्थापक अध्यक्ष सन्तोष ढकालले दमौली न्युजलाई जानकारी दिए ।

क्लबका तर्फबाट दुई बोरा चामल, पाँच किलो चिनी, ५ किलो दाल, आठ पोका तेल, साबुन, मसला आदि सहयोग गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा दलित अगुवा श्याम मौरती, लायन्स अगुवा राजकुमार श्रेष्ठ, युवा नेता शैलेष खातीलगायतले पनि मास्क, स्यानिटाइजर, चाउचाउ, दाल, चामल, तेल सहयोग गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी