बहिनी एडुकेयरबाट स्वास्थ्य सहयोग

  • ख-
  • ख+

पोखरा : बहिनी एडुकेयर फाउण्डेसनको सहयोग र एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपुर्ण समूह–५४ पोखराको व्यवस्थापनमा कास्कीका ४ वटा स्वास्थ्य संस्था र एउटा विधालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

पोखरा १३ र २३ वडा स्वास्थ्य कार्यालय, अन्नपुर्ण गांउपालिका, भेडाबारी स्वास्थ्य कार्यालय र शारदा मावि टुसे माछापुच्छ्रेमा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

एमनेष्टी ईन्टरनेशनल नेपाल अन्नपुर्ण समूह–५४ का संयोजक भानु पराजुली, वहिनी एडुकेयर फÞाउन्डेशनका निर्देशक सुरेन्द्र परियार, छविरमण पौडेल, एम्नेस्टीका उपसंयोजक मन्जु गौतम, कोषाध्यक्ष विष्णुहरि पन्थीले स्वास्थ्य सामग्री हस्तांतरण गरे ।


स्वास्थ्य कार्यालयमा अत्यावश्यक मानिएको माक्स, स्यानिटाईजर, पन्जा र थर्मल गन प्रदान गरिएको बहिनी एडुकेयर फाउण्डेसनका निर्देशक सुरेन्द्र परियारले जानकारी दिए । पोखरा–१३ मा दिएको स्वास्थ्य सामाग्री अमेरिका निवासी पोखराका कमल कडायतले वुवा कृष्ण वहादुर कडायतको स्मृतिमा प्रदान गरे ।

बहिनी एडुकेयर फाउण्डेसन लामो समयदेखि पोखरामा महिला, बालबालिका र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । स्वास्थ्य सामग्रीका लागि डा. जयन्ती ज्वारचन, सौरव हिराचन र रिचा गुरुङले पनि सहयोग गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी