काठमाडौँको जडिबुटीमा ट्रकले ठक्कर दिँदा ४४ वर्षीय कार्कीको मृत्यु

  • ख-
  • ख+

काठमाडौंको जडीबुटीमा मालवाहक ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

काठमाडौँबाट भक्तपुर जाँदै गरेको ना ६ ख २९१७ नम्बरको ट्रकले जडीबुटीको आकासे पुल नजिकै पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करको कारण सिन्धुपाल्चोक इन्द्रावती गाँउपाालिका – ३ स्थायी घर भइ काठमाडौंमा बसोबार गरिरहेका ४४ वर्षीय धनबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र चालक सर्लाही हरिपुरका रेख बहादुर पोखरेललाई नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी