हतियार प्रयोग गरी श्रीमतीकै हत्या

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः व्यास ५ साँगे चापटारमा धारिलो हतियारको प्रयोग गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय ३५ वर्षिय जीतबहादुर कुमालले खुर्पाको प्रयोग गरी पत्नी ३२ वर्षिया शुकमायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शनिबार दिउँसोको घटनामा पारिवारिक विवादमा जितबहादुरले घटना घटाएको प्रहरीको आशंका छ । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

अभियुक्त कुमाललाई नियत्रणमा लिएको प्रहरीले उनीसँग बयान लिन थालेको छ ।

तस्बिरः शिला वाग्ले

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी