दमौलीः शनिबार बिहानको अविरल वर्षाका कारण भानु नगरपालिका–१० याङसिङस्थित प्रेमबहादुर भुजेलको घर पहिरोले पुरेको छ ।
घर माथिबाट पहिरो आउँदा घर र गोठ पूर्णरुपमा पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोबाट घरमा रहेको लत्ता कपडा, अन्नपात सबै पुरिएको, गोठमा रहेको एकहल गोरु र एक गाई पुरिए पनि थप मानबिय क्षति नभएको प्रहरीले जनाएको छ ।
उद्धार तथा सहायताका लागि प्रहरी र स्थानीयले काम गरेको बताइएको छ ।