घिरिङ बजेटः सुटुक्क कार्यपालिका डाकिएको भन्दै कांग्रेसद्वारा बहिष्कार

  • ख-
  • ख+

घिरिङः गाउँपालिकाको बजेटपूर्व छलफलमा छल गर्दै एकलौटी गरिएको भन्दै कांग्रेसबाट निर्वाचित प्रतिनिधिले घिरिङ गाउँपालिकाको बैठक बहिष्कार गरेका छन् ।

पार्टी गाउँ समितिले एक विज्ञप्ति जारी गर्दै बजेटपूर्व कार्यपालिका बैठक भन्दै बिहान ११ बजे डाकिएकामा दिउँसो ३ बजेसम्म अध्यक्ष नआएको तर बेलुकी बैठक बसेको सूचना पाएको दाबी गरेको छ ।

बिहिबारको बैठकमा कांग्रेसका कुनै पनि प्रतिनिधि उपस्थित नभै बहिष्कार गरिएको सचिव यामबहादुर थापाद्वारा जारी विज्ञप्तिमा छ । विज्ञप्तिमा बहुमतको दम्भ देखाएको भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी