डायलसिस केन्द्रलाई पीपीई सहयोग

  • ख-
  • ख+

दमौली: दमौली अस्पतालमा रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रको शाखालाई रोटरी क्लब अफ दमौलीले दुई थान पीपीई हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष दामोदर भण्डारी र पूर्व अध्यक्ष ईमकुमार मल्लसहितका सदस्यले अस्पताल पुगी केन्द्रका इञ्चार्ज शैलेन्द्र पण्डितलाई पीपीई हस्तान्तरण गरेका हुन् ।


केन्द्रमा पीपीई अभावमा मृगौलाका बिरामीको उपचारमा समस्या परेको खबर सञ्चारमाध्यममा आए पछि क्लबले तत्कालका लागि दुई थान पीपीई सहयोग हस्तान्तरण गरेको क्लबका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । ‘पीपीई अभावमा स्वास्थ्यकर्मीले उपचारमा समस्या परेको बताएको खबर आए पछि केन्द्रका लागि सघाएका हौं,’ उनले भने,‘तत्कालका लागि दुई थान दिए पनि आवश्यक परेमा थप सहयोग उपलब्ध गराउँछौं ।’


क्लबका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले पीपीई पर्याप्त नहुँदा कोरोना संक्रमितको उपचारमा समेत कठिनाई परेको सुने पछि क्लबले आकस्मिक रुपमा छलफल गरेर उपचार प्रभावित हुन नदिन सहयोग गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी