अब पोखरामा पनि प्लाज्मा थेरापी

  • ख-
  • ख+

पोखराः पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गरिने भएको छ । विश्वव्यापी रुपमा परीक्षणका क्रममा रहेको थेरापीबाट नेपालमा पनि संक्रमितको उपचार भैरहेको छ ।

सरकारले अनुमति दिएपछि अहिले देशका विभिन्न ठाउँमा परीक्षणका रुपमा यस विधिबाट उपचार भैरहेकामा पोखरामा पनि अस्पतालले सेवा शुरु गर्न लागेको निर्देशक सह प्राडा अर्जुन आचार्यले बताए ।


अस्पतालले यस विधिबाट उपचारका लागि संक्रमणबाट निको भएको दुई साता पुगेका व्यक्तिबाट रक्तदानका लागि आग्रह गरेको छ । निर्देशक आचार्यले केन्द्रमा उपस्थित भएर रक्तदान गरी संक्रमितको जीवनरक्षामा सघाउन आग्रह गरेका छन् ।


थेरापीअन्र्तगत संक्रमणबाट निको भएका व्यक्तिको प्लाज्मा उपयोग गरेर उपचार गर्ने गरिन्छ । हाल विश्वभर नै गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि प्रयोगका रुपमा यो विधि उपयोग भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी