यातायात मजदुर संगठनद्वारा ९०० थान मास्क वितरण

  • ख-
  • ख+

दमौलीः नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तनहुँले यातायात मजदुर, व्यवसायी तथा सर्वसाधारणलाई निःशुल्क मास्क र सेनिटाइजर वितरण गरेको छ । दमौली भोर्लेटार चोकमा आयोजित कार्यक्रममा तनहुँका प्रहरी प्रमुख एसपी अरूण पौडेलले यस खालका सचेतनामूलक कार्यक्रमले कोभिड १९ रोकथाममा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेशनल एपोलो अस्पताल दमौलीमा सन्चालक चुडामणि दाहाल तथा डाक्टर कमल अर्यालले कोभिड १९ को जोखिमबाट बच्ने उपायबारे सुझाएका थिए ।

कार्यक्रममा तनहुँ ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले यातायात व्यवसायीहरुले सवारीसाधन प्रयोग गर्दा सबै मापदण्ड पुरा गरेर मात्रै गर्न अनुरोध गरेका थिए । संगठनका अध्यक्ष सुर्यप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सन्जिव रानाभाट तथा उपाध्यक्ष अमरबहादुर दुराले पनि बोलेका थिए ।


कार्यक्रममा झण्डै नौ सय थान मास्क र केही सेनिटाइजर वितरण गरिएको संगठनका कोषाध्यक्ष प्रसाद भुजेलले बताए । कार्यक्रममा नेशनल एपोलो अस्पतालले डेढ सय पिस मास्क उपलब्ध गराएको अध्यक्ष पौडेलले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी