अपडेटः कोरोना संक्रमित युवकको ३ दिनपछि दमौलीमै डायलसिस

  • ख-
  • ख+

दमौलीः गत सोमबार संक्रमण देखिएपछि नियमित डायलसिस गराउन नपाएका व्यास ४ निवासी ३६ वर्षका मृगौला बिरामीको विहान दमौली अस्पतालमै डायलसिस गरिएको छ ।

राष्ट्रिय मृगौला केन्द्रको दमौली अस्पतालमा रहेको शाखामा डायलसिस गराउँदै आएका उनमा कोरोना संक्रमण देखिएपछि उनलाई पोखरा रिफर गरिएको थियो ।


तर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मंगलबार रित्तै फर्काइदिएपछि उनलाई फेरि काठमाडौं पठाएर डायलसिस गराउने भनिएको थियो । दमौलीको केन्द्रमा बेग्लै स्थानको अभाव भएको भन्दै पुनः काठमाडौं रिफर गरिन लागेपछि संक्रमित आत्तिएका थिए ।

शनिबार डायलसिस गराएका उनको स्वास्थ्यमा जटिलता आएपछि प्रशासनको निर्देशनमा दमौली अस्पतालमा नै डायलसिस गरिएको हो ।


विहान साढे २ बजे दमौली अस्पतालमै डायलसिस गराएपछि पतिलाई केही सहज भएको संक्रमितकी पत्नीले बताइन् । ‘राती फोन आएपछि साढे १० बजे गएका थियौं,’ उनले भनिन्,‘विहान साढे २ बजे आइसोलेसन फर्केका छौं ।’ उनले पतिलाई धेरै राहत मिलेको भन्दै खुशी प्रकट गरिन् ।


केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले बेग्लै ठाउँ अभाव भएकाले रिफर गर्न लागिए पनि अस्पताल प्रशासनले यहीं ठाउँ मिलाउन भने पछि बिग्रिएको मेशिन राखिएको ठाउँमा राखेर ती युवकको डायलसिस गराएको बताए । ‘अरु बिरामी गए पछि सोही ठाउँमा नियमित डायलसिस गराउने निर्णय गरेका छौं । अब उहाँलाई समस्या हुन्न,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी