देवघाट: देवघाट गाउँपालिका २ का वडा सचिव गंगाराम मानन्धरलाई कुटेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरेर तनहुँ देवघाट गाउँपालिका २ ब्यागनमा सचिव कुटेको आरोपमा ऋषिङ गाउँपालिका ३ का २६ वर्षका धनसिंह मगर र सोही ठाउँका २३ वर्षका असिम थापा पक्राउ परेका हुन् ।
उनीहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।