कोभिड संकट:तीन दिन पछि लकडाउन सिफारिस

  • ख-
  • ख+

दमौली: कोभिड जोखिम बढेको निष्कर्ष निकाल्दै तनहुँका स्थानीय तहहरुले तीन दिनभित्र निषेधाज्ञा जारी गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका छन् ।


जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकले जिल्ला भित्र १५ भन्दा बढी व्यक्ति भेला हुने गरी धार्मिक तथा सार्वजनिक कार्यक्रम नगर्ने समेत निर्णय गरेको समितिका प्रवक्ता गल गुरुङले जानकारी दिए ।

बैठकले जिल्लाका सबै पालिकाहरुले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ सामाग्रीहरु औषधि लगायत अन्य सामानहरु खरिद गरि भण्डारन गरि मौज्दात राख्ने निर्णय पनि गरेको छ ।

यस्तै, विकास निर्माणमा जिल्लाका सबै पालिकाहरुले बाहिरीबाट आउने जनशक्ति रोक्ने, नल्याउने साथै स्थानीय जनशक्ति मार्फत विकास निर्माणका कामहरू सुचारु गर्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

यसैगरी, जिल्लाका सबै शिक्षण संस्थाहरुको पठनपाठन र परिक्षा पुर्ण रूपमा स्थगित गर्ने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी