१ मिनेटमा १६ मःमः !

  • ख-
  • ख+

पिएसएन फुड च्यालेन्ज

दमौलीः दमौलीको पिएसएन फुड जोनले सञ्चालन गरेको फुड च्यालेन्ज सम्पन्न भएको छ । कार्यक्रममा एक मिनेटमा १६ मःमः खाने नुरचन गुरुङ विजेता भएका छन् । विभिन्न चरणमा गरी बेग्ला बेग्लै १७ जना सहभागी प्रतियोगितामा निर्धारित समयमा ११ ओटा मःमः खाएका अन्जिल भट्टराई फस्र्ट रनर अप तथा नौवटा मःमः खाएका आशिष गुरुङ सेकेण्ड रनर अप घोषित भए ।

नौवटै मःमः खाएका सुजन रिमाल सान्त्वना भए । महिला सहभागी रेखा श्रेष्ठलाई पनि सान्त्वना घोषित गरियो । उनीहरुले त्यसअघि तीन चरणमा २५ वटा मःमः, हट डग र बर्गर खाए पछि फाइनल पुगेका थिए ।

वार्षिकोत्सवका अवसरमा पिएसएनले मास्कसहित सामाजिक दुरी र स्यानिटाइजरको प्रयोग गर्न लगाएर प्रतियोगिता गरेको थियो । सबैलाई एकै पटक नगरी विभिन्न चरणमा प्रतियोगिता गरिएको थियो । सुरक्षासहित सामान्य जीवनयापनको सन्देश दिन प्रतियोगिता गरिएको सञ्चालक सुनिल बुढाथोकीले बताए ।

प्रतियोगिताका विजेता मध्ये प्रथमलाई एक हजारको भौचर, एक वर्षको खाजा कुपन प्रदान गरियो । फस्र्ट रनर अपलाई दुई वटा फ्रि कुपन र ३ सयको गिफ्ट भौचर तथा सेकेण्ड रनर अपलाई तीन सयको गिफ्ट भौचर प्रदान गरिएको थियो ।
अवस्था सहज भएमा खुला रुपमा प्रतियोगिता गरेर स्वादका पारखीबीच प्रतिष्पर्धा गराउने जोनले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी