मापदण्ड पालना गरेर रथ यात्रा गरौंः थापा

  • ख-
  • ख+

काठमाण्डौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  सरोकारवाला पक्षसंग  छलफल समन्बय गरि रातो मच्छेन्द्रनाथ रथयात्रा सुचारु गर्न आग्रह गरेका छन् । उनले ट्वीट गर्दै सास्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगर्न पनि आग्रह गरेका छन् ।

 
रातो मच्छिन्द्रनाथको रथयात्रा तान्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप भएपछि थापाले यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले भनेका छन् ‘सम्वन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालनागर्दै ललितपुरको मच्छिन्द्रनाथ रथतान्ने कार्य सुचारुगर्न सरकारसंग अनुरोध छ। सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुंदैन।धर्म/संस्कृतिको रक्षाका साथै विद्यामान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्