बागलुङमा बाढीले ४ को ज्यान गयो, दर्जन बेपत्ता

  • ख-
  • ख+


बागलुङ भदौ १८ ।  बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा चार जनाको ज्यान गएको छ । झण्डै एक दर्जन बेपत्ता भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी किरण रानाका अनुसार दुई शव भेटिएको छ । स्थानीय प्रशासन का अनुसार बाढीले कम्तिमा ३० बढी घर बगाएको छ ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।


अविरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब एक दर्जन बढी सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्