आजको राशिफल २०७७ साल भाद्र १८ गते विहीवार

  • ख-
  • ख+

वि.सं. २०७७ भदौ १८ । विहिवार । इ.स. २०२० सितंवर ३ । ने.सं. ११४० ञंलागा पारु असोज कृष्ण प्रतिपदा

मेष राशी (चु ,चे ,चो ,ला , लि ,लु ,ले ,लो ,अ )
मेष राशि हुनेहरुको लागि आजको दिन खर्च बड्ने रहेको छ । रिसलाई नियन्त्रणमा राख्नुहोला । वादविवादवाट टाढा रहनुहोला । विदेशी कम्पनीहरुसगँ राम्रो प्रोजेक्टको योजना बन्नेछ । आखाँ बन्द गरेर कसैको पनि विश्वास नगर्नुहोला । दस्तावेजमा हस्ताक्षर गर्न भन्दा पहिला हेर्नुहोला । दापत्य जीवनमा सुमधुर सम्वन्ध रहन्छ ।

वृष राशी (इ ,उ ,ए ,ओ , बा ,बि ,बु ,बे , बो )
वृष राशिहुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । धार्मिक कार्यमा मन जानेछ । घरमा मांगलिक कार्यक्रम आयोजना हुने योग रहेको छ । इष्टमित्रको भेटधाटले मन हर्षित रहन्छ । अविवाहितकोलागि विवाहको प्रस्ताव इष्टमित्रवाट आउने छ । भाई र ज्वाईको सहयोगले कार्य सफलतापुर्वक पुर्ण हुनेछ । दापत्य जीवनमा सुमधुर सम्वन्ध रहन्छ ।

मिथुन राशी (का ,कि ,कु ,घ ,ङ , छ ,के ,को ,ह )
मिथून राशिहुनेहरुको लागि यो दिन पिताको सल्लाहवाट हरेक कार्य सुरुवात गर्दा राम्रो हुनेछ । तपाईले आफनो कार्य आफनै निगरानिमा गर्नुहोला । कार्यक्षेत्रमा सबै सहकर्मीको सहयोगले सवै कार्य पुर्णहुनेछ । आजको दिनको वैठकवाट भएको निर्णयमा तपाइको आउने दिनमा तपाइको कारोवारमा वृद्धि हुनेछ ।

कर्कट राशी ( हि ,हु ,हे ,हो ,डा डि, डु ,डे ,डो )
कर्कट राशिहुनेहरुको लागि भाग्य तपाइको हातमा रहेको छ । फेसन डिजानर , कपडा सम्बन्धी कार्यमा लाग्नेहरुकालागि आजको दिन राम्रो रहेको छ । सिर्जनात्मक कार्यमा मन जाने छ । दापत्य जीवनमा सुमधुर सम्वन्ध रहन्छ । पठनपाठनमा मन जानेछ । धार्मिक कार्यमा मन जानेछ ।

सिंह राशी ( मा, मि, मु, मे, मो,टा,टी,टू,टे)
सिंह राशिहुनेहरुको लागि स्वास्थमा ख्याल गर्नुपर्नेछ । परिवारको सहयोग मिल्ने छैन । सवै कार्यहरु आफैले पुर्ण गर्नुपर्नेछ । खानपानमा ध्यान दिनुहोला । पेटको समस्या हुनसक्छ । शत्रहरुु बड्ने छन् तर जित तपाईको हुनेछ । कार्यक्षेत्रमा सवै सहकर्मीको साथ मिल्नेछ तर हरेक कार्य ध्यान दिएर मात्र गर्नुहोला ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशिहुनेहरुको लागी प्रेम प्रसंग वा जिवन साथिको पक्षमा राम्रो दिन रहेको छ । मनमा रहेको सकारात्मक र उत्साहको कुरा आफनो प्रेमिकालाई प्रस्ताव राख्ने राम्रो दिन रहेको छ । पार्टनरसिपमा राम्रो आम्दानी हुनेछ । कार्यक्षेत्रमा सवै सहकर्मीको सहयोगले कार्य सम्पन्न हुनेछ । दापत्य जीवनमा सुमधुर सम्वन्ध रहन्छ ।

तुला राशी (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तूला राशिहुनेहरुको लागि शत्रु र रोग बड्ने देखिन्छ । शत्रुवाट तपाईलाई प्रहार हुनसक्छ तर जित तपाईको हुनेछ । खराव संगतवाट टाढा रहनुहोला । आर्थिक पक्षमा लेनदेन गर्दा धेरै सोचेर मात्र गर्नुहोला नत्र समस्या हुनसक्छ । वादविवादवाट टाढा रहनुहोला । मामा माईजुको सहयोगले मन हर्षित रहन्छ ।

वृश्चिक राशी (तो,ना,नि,नू,ने,नो,या,यी,यू)
वृश्चिक राशिहुनेहरुको लागि धार्मिक कार्यमा मन जानेछ । घरमा मांगलिक कार्यको आयोजना हुनाले भजन ,किर्तनमा मन जानेछ । अधुरा कार्यहरु सवै पुर्ण हुनेछ । पठनपाठनमा मन जानेछ । परिवारमा सवै सदस्यहरुको मेलमिलापले सवै कार्य सफलतापुर्वक पुर्ण हुनेछ । पठनपाठनमा मन जानेछ ।

धनु राशी (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
धनू राशिहुनेहरुको लागि वाणीमा संयम राख्नुपर्नेछ । रिसलाई नियन्त्रणमा राख्नुहोला । परिवारमा कलहको सिर्जना हुनाले वाणीमा मधुरता आवश्यक रहेको छ भने कसैको मन नदुखाउनुहोला । कृषि पेशामा संलग्नहुनेहरुकालागि राम्रो समय रहेको छ । चिसो पेय पदार्थवाट टाढा रहनुहोला । छातीमा समस्या हुनसक्छ ।

मकर राशी (भो,ज,जी,खी,खू,खे,खो,गा,गि)
मकर राशिहुनेहरुको लागि पराक्रम बड्ने छ । सिर्जनात्मक कार्यमा मन जानेछ । पुरानो मित्रको भेटधाटले पुरानो याद आउनाले मन हर्षित रहन्छ । भाई वहिनीको सहयोग मिल्नाले अधुरा कार्यहरु पुर्ण हुनाले मन हर्षित रहन्छ । दापत्य जीवनमा सुमधुर सम्वन्ध रहन्छ ।

कुम्भ राशी (गू,गे,गो,सा,सी,सू,से,सो,द)
कुम्भ राशिहुनेहरुको लागि इष्टमित्रको सहयोगले मान सम्मानमा वृद्धि हुने योग रहेको छ । सिर्जनात्मक कलावाट समाजमा इष्टमित्रको प्रशंसाले मन हर्षित रहन्छ । पैतृक सम्पतिको विवादको कसैको सहयोगले फैसला हुनेछ । दापत्य जीवनमा सुमधुर सम्वन्ध रहन्छ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,चि)
मीन राशिहुनेहरुको लागि कामको बोझले तनाव बड्नेछ । व्यक्तित्वमा निखार आउने छ । परिवारको सल्लाहवाट गरिएको कार्य फलदायी रहनेछ । दापत्य जीवनमा सुमधुर सम्वन्ध रहन्छ पठनपाठनमा मन जाने छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो.पं कमल पौडेल शास्त्री

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्