भानुबाट माइत आएकी थिइन् व्यासमा भेटिएकी संक्रमित

  • ख-
  • ख+

भदौ १६, दमौली
व्यास नगरपालिका ५ मा देखिएकी संक्रमित २३ वर्षिया महिला भानुस्थित घरबाट माइती आएको खुलेको छ । बिरामी परे पछि उपचारका लागि पोखरा जाने क्रममा लिइएको नमूनाले उनमा संक्रमण देखाएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।


करिब एक साता अघि उनी घरबाट चिन्टुटारस्थित माइतीमा आएको जानकारी प्राप्त भएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । पछि उनमा स्वास्थ्य समस्या देखिएको स्थानीयको भनाई छ ।


तनहुँमा थपिएका अर्का संक्रमित ५२ वर्षका पुरुष भने पोखराको गण्डकी अस्पतालमा प्रि आइसोलेसनमा छन् । संक्रमितलाई आइसोलेसन लैजाने तयारी गरिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्