कांग्रेस ताजा जनादेशका लागि तयार हुनुपर्छ

  • ख-
  • ख+

हुतमणि अधिकारी
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमपछि मूलुकमा ठूलो प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसको भूमिका के रहने भन्ने प्रमुख प्रश्न उब्जिएको छ । अहिलेको अवस्थामा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीको कुनै पनि गुटसँग अपारदर्शी रुपमा कुनै पनि किसिमको समझदारी, सहमति, सहकार्य गरेर होइन एक्लै आफ्नो स्पष्ट नीति र दृष्टिकोण बनाएर अघि बढ्नुपर्छ ।

असफल, असक्षम, अलोकतान्त्रिक र अराजकतावादी नेकपा र सरकारको भण्डाफोर गर्नुपर्छ, आफु भित्रका कमजोरी सच्याएर अबको एकमात्र विकल्प दिन सक्षम र विश्वसनीय शक्ति कांग्रेस नै हो भन्ने कुरामा जनतामा भरोसा दिलाएर जानुपर्छ ।


अबको समाधान आन्दोलनको बलमा प्रतिनिधि सभा पुनस्र्थापना होइन, सर्वोच्चको निर्णयले यस्तो भइहालेछ भने पनि त्यस पछि उत्पन्न हुने सत्ताको लुछाचुँडी, भागवण्डा, तानातानको अवस्थाले देशको लोकतन्त्र र राजनीति निश्चितरूपमा झन् कुरुप झन् घिनलाग्दो बन्ने विगतका अनुभवले देखाइसकेका छन् ।

यसर्थ देशको विद्यमान समस्याको अन्तिम र उचित समाधान ताजा जनादेशका लागि निर्वाचन नै हो, घोषित मितिमा निर्वाचनको सुनिश्चिततामा जोड र दबाब दिनुपर्छ, अनुकूल वातावरण तयार पार्नुपर्छ, सर्वोच्च अदालत र निर्वाचन आयोगले गर्ने जुनसुकै निर्णयको स्वागत र पालन गर्नुपर्छ तथा आसन्न निर्वाचनका लागि तम्तयार रहनुपर्छ भन्ने विचार नै देश , जनता र पार्टीको हितमा छ ।

अबको समाधान आन्दोलनको बलमा प्रतिनिधि सभा पुनस्र्थापना होइन, सर्वोच्चको निर्णयले यस्तो भइहालेछ भने पनि त्यस पछि उत्पन्न हुने सत्ताको लुछाचुँडी, भागवण्डा, तानातानको अवस्थाले देशको लोकतन्त्र र राजनीति निश्चितरूपमा झन् कुरुप झन् घिनलाग्दो बन्ने विगतका अनुभवले देखाइसकेका छन् ।


अहिले कम्युनिस्टहरूको आन्तरिक झगडाको विषय, कारण, परिणाम बारे जनता र मतदातालाई राम्रोसँग बताउनु पर्छ, बुझाउनु पर्छ ।

कांग्रेस यी दुई तिहाइ नजिकैको जनमतको खिल्ली उडाएर सत्ता शक्तिको छिनाझपटीमा लम्पट, लोभी पापी, नालायक कम्युनिस्टहरू भन्दा के कसरी फरक छ र अब सत्तामा गएपछि के कसरी काम गर्छ त्यो विचार, दृष्टिकोण, कार्यक्रम देश र जनतासामु प्रष्ट राख्नुपर्छ ।

अहिले नेकपामा चरम गुटबन्दी, आरोप प्रत्यारोप, कित्ताकाट मात्र भएको छ औपचारिक रुपमा पार्टी विभाजन भइसकेको छैन, यो झगडा यो तमाशाले नाटकीय रुपमा अर्कै मोड लिन सक्ने अड्कलबाजी पनि बजार चर्चामा छन् । कांग्रेसभित्रका केही शक्ति व्यक्तिहरू उत्ताउलो बाजा बजाउँदै गीत गाउँदै गरेको पनि देखिन्छ, सुनिन्छ ।

देश र कांग्रेसका लागि अनुपयोगी, अनुपयुक्त, असामयिक र असान्दर्भिक नतिजाको रोमान्चकतामा अनावश्यक रुपले हौसिए, रौसिएको बुझिन्छ । यसले राम्रो सन्देश दिएको छैन, कांग्रेसको कद बढेको छैन, बरु ‘मिलेर भाले खाने खालका काल’, ‘उही ड्याङका मुला’ भन्ने ट्याग लागेको छ, विश्वास, भरोसा, आशा बढ्नुपर्नेमा उल्टो साख गिरेको छ ।

कांग्रेसले जनताको मनस्थिति र संभावित परिस्थितिको सुक्ष्म विश्लेषण गरी नेकपाका सन्दर्भमा निर्वाचन आयोग र प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चको निर्णय पछि उचित र विवेकपूर्ण निर्णय लिनुपर्छ, समयको पदचाप बुझ्नुपर्छ, स्वर्णिम अवसरलाई उपयोग गर्न सक्नुपर्छ ।

कांग्रेसले जनताको मनस्थिति र संभावित परिस्थितिको सुक्ष्म विश्लेषण गरी नेकपाका सन्दर्भमा निर्वाचन आयोग र प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चको निर्णय पछि उचित र विवेकपूर्ण निर्णय लिनुपर्छ, समयको पदचाप बुझ्नुपर्छ, स्वर्णिम अवसरलाई उपयोग गर्न सक्नुपर्छ ।

अहिले ओली नेतृत्वमा रहेको नेकपा सरकारको अलोकतान्त्रिक, अराजनीतिक कदमविरुद्ध घोषणा गरिएको विरोध प्रदर्शन र आन्दोलनलाइ राजनीतिक भण्डाफोरका साथै संगठन सुदृढीकरण, कार्यकर्ता– मतदाता जागरण, उर्जाकरण अभियानका रुपमा अघि बढाउँदै रहनुपर्छ ।

प्रतिनिधि सभा पुनस्र्थापना भए पनि नभए पनि अबको एकमात्र निकास निर्वाचन नै हो, ६ महिना वर्ष दिन अघि पछिको मात्र कुरा भएकोले कांग्रेसको प्राथमिकता, ध्यान र जोड निर्वाचनतर्फ केन्द्रीत हुनुपर्छ ।
(लेखक नेपाली कांग्रेसको संघीय मामिला तथा प्रदेश समन्वय विभागका सदस्य हुन् ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्