तमु ल्होसारमा बिदा

  • ख-
  • ख+

दमौली:तमु ल्होसारका दिन बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । तमु ल्होसार पर्वका अवसरमा बिदा दिने निर्णय गण्डकी प्रदेश सरकारले गरेको हो ।

प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा बिदा दिने निर्णय गण्डकी सरकारले यस अघि नै गत वर्ष गरेको थियो ।

राजपत्रमा सूचना नै प्रकाशित गरेर सरकारले यस वर्षका लागि जनैपूर्णिमा, इद, तमु ल्होसार, माघेसंक्रान्ति र सनम ल्होसारमा बिदा दिने निर्णय गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्