गण्डकी प्रदेशको प्रवेशद्वारमा प्रहरी पोष्ट

  • ख-
  • ख+

छिमेकको चितवन जिल्लाको मुग्लिनसँगै अब तनहुँको मुग्लिनमा पनि प्रहरी एकाइ स्थापना भएको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका ४ मुग्लिन पुलजिपमा स्थापना भएको अस्थायी प्रहरी पोष्टको गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले शनिबार निरीक्षण गर्नुभएको छ ।
मन्त्री चुमानले गण्डकी प्रदेशको प्रदेशको प्रवेशबिन्दुमा रहेकाले यस क्षेत्रको शान्ति सुरक्षा र कोरोना संक्रमण फैलन नदिन भूमिका खेल्ने विस्वास गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा पोष्टले भूमिका खेल्ने बताउनुभयो ।
आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालगायतका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरु कार्यक्रममा उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्