यी खानेकुरा नियमित खाने गरौं, टाउको दुखाइ कम गर्छ

  • ख-
  • ख+

स्नायु प्रणालीलाई असर गर्ने सामान्य विकारमध्ये टाउको दुखाइ पनि एक हो । अध्ययनअनुसार विश्वको करिब आधाभन्दा बढी जनसंख्या टाउको दुखाइको समस्याबाट पीडित छन् । टाउको दुखाइ सामान्य र जटिल गरी दुई प्रकृतिको हुन्छ । विभिन्न स्वास्थ्य समस्या, वरिपरिको वातावरण, तनावले हुने टाउको दुखाइ हरेक मानिसले झेलिरहेका हुन्छन् ।

खानपान, डिहाइड्रेसन, काम, घरको वातावरण र स्वास्थ्य अवस्थाले टाउको दुख्ने समस्या निम्त्याउँछ । सामान्य किसिमको टाउको दुखाइले स्वास्थ्यमा असर गर्दैन, तर कतिपय अवस्थामा टाउको दुखाइ ब्रेन ट्युमर, स्ट्रोक आदिको लक्षणसमेत हुन सक्छ । अलिअलि टाउको दुख्दैमा औषधि सेवन गरिहाल्नुहुँदैन । अत्यधिक एन्टिबायोटिकको प्रयोगले शरीरमा प्रतिकूल असर पारिरहेको हुन्छ । टाउको दुख्ने समस्यालाई विभिन्न तरिकाले निको पार्न सकिन्छ । टाउको दुख्नुमा खाद्यपदार्थहरूले पनि भूमिका खेलेको हुन्छ । यहाँ त्यस्ता खानेकुराबारे चर्चा गरिएको छ, जसले टाउको दुखाइ कम गर्न सहयोग पुर्‍याउँछ ।

केरा
टाउको दुखेमा निको पार्ने सबैभन्दा सजिलो उपाय केरा सेवन गर्नु हो । वरिपरिको वातावरणका कारण हुने टाउको दुखाइ कम गर्न केरा खानु उपयुक्त मानिन्छ । केरामा हुने म्याग्नेसियम र पोटासियमको मात्राले शरीरमा एलेक्ट्रोलाइट्सको सन्तुलन मिलाउन, रक्तनली सफा राख्ने गर्छ । जसले टाउको दुखाइ कम गर्छ ।

कफी
कफीको मात्रा थोरै राखेर पिउँदा टाउको दुखाइ कम हुन्छ । तर, अत्यधिक कफीको मात्राले कतिपयमा प्रतिकूल असर पार्ने भएकाले ध्यान दिन आवश्यक हुन्छ । सामान्यतः कफीको मात्रा बढी सेवन गर्दा डिहाइड्रेसन हुन सक्ने भएकाले टाउको दुख्ने गर्छ । मात्रा मिलाएर सेवन गर्दा रक्त प्रवाह सहज बनाउँछ, जसले दुखाइ कम गर्छ ।

बदाम
टाउको दुखाइ कम गर्न बदाम ९अल्मोन्ड० खानु सबैभन्दा राम्रो मानिन्छ । यसमा पाइने म्याग्नेसियमको मात्राले धेरै सन्चो गर्छ । माइग्रेनको समस्या भएका व्यक्तिलाई चिकित्सकहरूले बदाम खान सल्लाह दिन्छन् । दैनिक चारदेखि पाँचवटा बदाम खानाले टाउको दुख्ने समस्यामा राहत दिन्छ ।

तारेको आलु
मदिरा सेवनबाट हुने टाउको दुखाइका लागि तारेको आलु खानु राम्रो मानिन्छ । अल्कोहलले शरीरमा पोटासियम इलेक्ट्रोलाइट्स नोक्सान गर्ने भएकाले शरीरमा डिहाइड्रेसनको समस्या हुन्छ । जसले टाउको दुख्ने वा लामो समयसम्म अस्वस्थ देखिने हुन्छ । तारेको आलुमा प्रचुर मात्रामा पोटासियमको मात्रा पाइने हुँदा दुखाइ कम गर्न सहयोग गर्छ ।

दूध, दही र पानी
सामान्यतः शरीरमा पानीको कमीका कारण टाउको दुख्ने गर्छ । विभिन्न कारणले टाउको दुख्दा पानी वा पानीजन्य पदार्थ सेवन गर्नुपर्छ । फ्याट नभएको दूध, दही, काँक्रा, तरबुज आदि खान सकिन्छ । पानीको मात्रा अत्यधिक पाइने यस्ता खाद्यपदार्थले शरीरमा ऊर्जा दिने भएकाले टाउको दुखाइ कम हुँदै जान्छ । योसँगै, अदुवा हालेको चिया, ओलिभ तेल, विभिन्न नट्सले सामान्य टाउको दुखाइका लागि औषधिको काम गर्छ ।
– एजेन्सी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी