कसरी थाहा पाउने कोरोना संक्रमण कि रुघाखोकी ?

  • ख-
  • ख+

अहिले मौसम परिवर्तनको समय छ । मानिसहरुमा मौसमी रुघाखोकीले सताउन थालेको छ । विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने क्रम पनि बढेको छ । मानिसहरु त्रसित बनेपनि कोरोना भाइरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् ।

डा पाण्डेका अनुसार कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ ।

तर कोरोनाको सं’क्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।

कोरोना संक्रमणका लक्षण

पहिलो चरण

– ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ),

– सुख्खा तथा लहरे खोकी लाग्ने,

– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने,

– घांटी बस्ने,

– थकाइ लाग्ने ।

दोस्रो चरण

– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने,

– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने,

– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दी’र्घ’रोगले च्यांप्दै जाने ।

ग ) तेस्रो चरण

– सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने,

– धेरै छाती दुख्ने,

– उठ्न निकै गाह्रो हुने,

– कुराहरु विर्षने, कन्फ्युज हुने,

– बेहोश हुने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी