नियमित बेसारपानी पिउँदा फाइदै फाइदा

  • ख-
  • ख+

बिहान उठेपछि धेरैले मनतातो पानी पिउने गर्छन् । यसरी  पानी पिउँदा शरीरलाई फाइदा पुग्छ । हल्का तातो पानीमा मह, कागती वा नुन मिसाएर पनि पिउने गरेको पनि पाइन्छ । तर, पछिल्लो समय भने कोभिड १९ बच्नका लागि धेरैले बेसार पानी पिउने गरेका छन् । जुन स्वास्थ्यका हिसाबले निकै राम्रो हो । बेसारले खानालाई आकर्षक र स्वादिलो बनाउने मात्रै नभई हाम्रो शरीरका विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ । 

मन तातो बेसार पानी पिउनुका फाइदाहरू

बेसारपानीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा पाइने भएकाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।

रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ  ।

घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा राहत मिल्छ । 

छालासम्बन्धी केही समस्या भएमा पनि बेसारपानी पिउनु फलदायी हुन्छ । 

बेसनको पिठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ। 

शरीर सुन्निएको छ भने बेसार पानी पिउँदा दुखाइ कम हुन्छ । 

मनतातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ । 

कलेजोलाई सुरक्षित तथा स्वस्थ रख्नमा मद्दत गर्दछ

 बेसार पानी पिउँदा क्यान्सर उत्पादन गर्ने कोषिकाहरूसँग लड्ने काम गर्छ । 

नियमित बेसार पानी पिउँदा रगत सफा गर्दछ । 

यसले मधुमेहको खतरा कम हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी