कुन राशि भएका व्यक्त्तिले कस्तो कपडा लगाउने, यस्तो छ ज्योतिषको सुझाब

  • ख-
  • ख+

मेष राशि
मेष राशि भएकाहरु भीडमा सधै अलग देखिन चाहने स्वभावका हुन्छन् । जसका कारण बजारमा जे नयाँ फेशन आयो त्यसलाई लगाउन चाहने खालनका हुन्छन् । मेष राशिकालाई चम्कीलो खालको रंग मन पर्छ । फिक्का तथा धमिला खालका रंग मेष राशिका मानिसलाई मन पर्दैन । मेष राशिकाले खास गरेर गुलाबी, रातो विशेष मन पराउँछन् ।

वृषः
वृष राशि भएकाहरु फेसन भन्दा आरामदायी कपडा लगाउन मन पराउँछन् । यी राशिभएकाहरुको लागि कपडा नरम भएको चाहिन्छ । जसलाई लगाउन आराम होस्, चाहे त्यो फेसनमा होस् या नहोस् उनीहरुलाई फरक पर्दैन । मिथुन राशिः फेशनमा आएको होस् या नहोस् यी राशि भएकाहरुलाई त्यसको कुनै प्रवाह हुँदैन । यी राशि भएकाहरुलाई कपडा किनेर आफ्नो दराज भर्न पाए पुग्छ । उनीहरु आफूलाई सूट हुने कपडा लगाउन तयार हुन्छन् ।
मिथुन

मिथुन राशि भएकाहरु बजार गएपछि कुनै पनि हालतमा खाली हात फर्कदैनन् । र , किन्छन् पनि त्यस्तो कपडा जो त्यो पसल भरमा एक्स्ट्रा देखिन्छ ।

कर्कटः आफूले लगाउने कपडाको विषयमा कर्कट राशिका मानिस सम्बन्ध जस्तै संवेदनशील हुन्छन् । उनीहरु आफ्नो कपडा बारे धेरै गम्भीर हुन्छन् । उनीहरु आफूलाई राम्रो लागेका हरेक किसिमका कपडा किन्न खोज्ने खालका हुन्छन् ।

सिंह राशि भएकाहरुलाई फेसन मन पर्छ । उनीहरु फेसन मात्र नभएर त्यसको क्लालिटीमा पनि विशेष हेक्का राख्छन् । उनीहरुले खोजेको त्यस्तो कपडा लगाएपछि आरामदायी पनि होस् । उनीहरु कपडामा आफू अरुभन्दा कमजोर नभइयोस् भन्ने ठान्छन् ।

कन्या राशिका मानिस समझदार खालका हुन्छन् । यीनिहरु चयन गर्ने खालका लुगामा विश्वास राख्दैनन् । यी राशि भएका मानिसले यस्तो कपडा किन्छन् जसको प्रयोग बारबार गर्न सकियोस् । एक पटक लगाएपछि प्रयोग गर्न नमिल्ने वा फेसन गइहाल्ने खालका लूगामा यि राशि भएकाहरुको मन जाँदैन ।

तुला राशि भएकाहरुलाई शिर देखि पाउसम्म सवै ठिक चाहिन्छ । उनीहरु कपडासँग के म्याच गर्छ, कस्तो गहना, कस्तो जुत्ता सवैलाई मिलाएर लगाउछन् । यी राशि भएकाहरु हल्का रंग मनपराउछन् ।

वृश्चिक राशि भएकाहरु आफूले लगाएको कपडालाई अरुले पनि एकपटक हेरुन् भन्ने चाहने खालका हुन्छन् । उनीहरु फेशन अनुसार चलेका तर अलग खालका कपडा लगाउन मन पराउछन् । उनीहरुलाई सधै यो चिन्ताले सताउछकी यस्तो ड्रेस लगाउन जो अरुको भन्दा अलग होस् ।

धनु राशि : यी राशि भएकाहरु समाजिक प्रतिष्ठाप्रति गम्भीर हुन्छन् । उनीहरु यस्तो लुगाको प्रयोग गर्दैनन् जसले सामजिक रुपमा गलत भएको मान्दछन् । यी राशिभएकाहरु लगाउन सहज हुने खालको कपडा राज्दछन् ।

धनु राशिको जस्तै मकर राशि भएकाहरु नर्मल खालका कपडा लगाउन मन पराउँछन् । उनीहरु बोरिंग खालका लुगा लगाउन मन पराउदैनन् । यी राशि भएकाहरुलाई यो वा त्यो रंग मन पर्ने वा नपर्ने भन्ने खासै हुन्न तर पनि चम्किला खालका लुगा उनीहरु मन पराउँछन् ।

कुंभ राशि भएका मानिस कलात्मक मानिन्छन् । उनीहरु आफ्नो कला प्रयोग गरेर आम विषय र लुगालाई पनि विशेष बनाउने खालका हुन्छन् । यी राशि भएकाहरु कपडाको मामलामा प्रयोगवादी हुन्छन् । एकपटक यो हेरुन त भन्ने खलका हुन्छन् ।

मीन : धेरै खालका रंगका कपडा आफ्नो अगाडि भए मीन राशिका मानिस खुसी हुन्छन् । कुनै एक रंगमा आएर अड्किन यिनीहरुलाई मन पर्दैन । एकै ड्रेसमा पनि धेरै रंग भएको यिनीहरुलाई मन पर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्