आज भाद्र शुक्ल पक्षकाे चतुर्थी: साझको समयमा भुलेर पनि नगर्नुस यो एक कार्य

  • ख-
  • ख+

हरेक वर्ष भाद्र शुक्लपक्षकाे चतुर्थी तिथिलाई गणेश चतुर्थी पर्वका रुपमा गणेश भगवानकाे पुजा गर्ने विधान रहि आएको छ । शुभकार्यकाे शुभारम्भ गर्दा त्येस्तै पुजा आराधना गर्दा सबैभन्दा पहिला पूजाअर्चना गर्ने श्री गणेशकाे जन्मदिन आजैका दिन भएकाले पनि विशेष रुपमा गणेश चतुर्थी पर्व मनाउने परम्परा रहिआएको छ ।

गणेश भगवानलाई बुद्धिदाताका रुपमा पनि परिभाषित गरिएको छ । विद्यार्थीले भगवान गणेशकाे उपाशना गरेमा बिद्या प्राप्ति हुने शास्त्रमा उल्लेख गरिएको छ । हरेक प्रकारका कार्यमा हुनेबाधा अवरोध हटाउन गणेशकाे पुजा गर्नुपर्ने नियम रहिआएकाे छ ।

पुराणमा वर्णन गरे अनुसार भाद्र शुक्ल पक्षकाे चतुर्थी तिथिकाे चन्द्रमा हेर्न नहुने भनेर उल्लेख गरिएको छ । साझ सूर्यास्त पछि देखिने चन्द्रमा दर्शन गरेमा चाेरीकाे आराेप लाग्ने भनेर भनिएकाे छ । साेह्र कलाले युक्त चन्द्रमा लाई रुपकाे घमण्ड थियाे घमण्ड गरेकाे भन्दै भगवान् गणेशले स्राप दिएकाले आजकाे चन्द्रमा नहेर्नु भनेर भनिएकाे हाे ।

आजकाे चन्द्रमा हेरेकाले भगवान श्रीकृष्णलाई चाेरिकाे आराेप लागेकाे श्रीमद्भागवत पुराणमा उल्लेख गरिएको भागवत वाचक पं नारायण प्रसाद शर्माले जानकारी दिएका छन्  । यदि भुलबस आज चन्द्रमाकाे दर्शन भैहालेमा आश्विन शुक्लपक्षकाे नवरात्रमा पर्ने द्वितीया तिथिमा पुन चन्द्रमाकाे दर्शन गरेमा आज गरिएको दाेष नलाग्ने भनेर उल्लेख गरिएको पं शर्माले जानकारी दिएका छन्  । यहीँ मान्यताले गर्दा आज सर्वसाधारणले साझकाे चन्द्रमा दर्शन नगर्ने भन्दै घरभित्रै बसिरहने छन् । यस्ते अवस्थामा गाउँ घरमा बारिमा फलेका फलफूल चाेरी हुने र चाेर्ने परम्परा पनि रहिआएको छ ।

लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्