शिक्षक संघ तनहुँले देशका १ हजार बढी शिक्षकलाई अनलाईनमा पढायो

  • ख-
  • ख+

दमौलीः भर्चुअल माध्यमबाट सिकाईका लागि नेपाल शिक्षक संघ तनहुँले सञ्चालन गरेको सूचना प्रविधि तालिम सकिएको छ ।


शिक्षकलाई पाठ्यक्रम र प्रविधिसँग जोड्दै कक्षा कोठालाई प्रविधि प्रविधिमैत्री बनाउँदै अध्यापन कार्यलाई थप प्रभावकारी बनाउन भन्दै सञ्चालन गरिएको तालिममा तनहुँ जिल्ला तथा देशैभरका एक हजार बढी सहभागी भएको संघले जनाएको छ ।


तालिमको समापन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिराम वाग्लेले शिक्षण विधिलाई प्रविधिसँग जोड्दै सिकाइमा निखारता ल्याउन तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।


नेपाल शिक्षक संघका जिल्ला कार्य समिति तनहुँका अध्यक्ष कमल भक्त पोख्रेलको सभापतित्वमा सम्पन्न भएको समापनमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, नेपाल शिक्षक संघ संघीय कार्य समितिका महासचिव, अर्थ पुष्पकला भट्टराई महासङ्घका संघीय उपमहासचिव विजयराज पौडेल, नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, शिक्षक सङ्घका पूर्वअध्यक्ष रमेशचन्द हड्खले, प्रदेश उपमहासचिव सुलोचना पण्डित, महासंघ जिल्ला अध्यक्ष रामचन्द्र पोखरेल लगायतले तालिम उद्देश्य अनुरुप सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिए ।


तालिमले देशैभर प्रभावकारी ढंगले सिकाउने काम गरेको तालिम व्यवस्थापक रामदत्त पौडेलले बताए ।
चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले तालिमको संयोजन गरेका थिए । तालिममा देशैभरका एक हजार बढी शिक्षक भर्चुअल माध्यमबाट आवद्ध भएको संघका सचिव पदम खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्