नयाँ दल आफ्नै कारणले सकिन्छन्-भट्टराई

  • ख-
  • ख+

कांग्रेसमा एकता नहुँदा अरुले फाइदा लिए
बन्दीपुरः
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नयाँ भनेर आए पनि ती दलले देशको विकास र परिवर्तनका लागि विचार दिन नसकेको टिप्पणी गरेका छन् । तनहुँको बन्दीपुरमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले सशस्त्र युद्ध पछि आएको माओवादी अनि नयाँ भनेर आएको रास्वपामा त्यस्तो भिजन नदेखिएको दाबी गरे ।

उनले देशको विकास र पुँजी निर्माणको काम कांग्रेसले नै गरेको तर्क गरे । ‘देशमा महिलालाई ३३ प्रतिशत हक, आर्थिक विकास अनि पछि परेकालाई अवसर कांग्रेसकै बलमा मिलेको हो,’ उनले प्रश्न गरे,‘देशलाई धनी बनाउने एमाले, माओवादीको विचार खै ? नयाँ दलहरुले के गरे ?’

तर पनि कांग्रेसमा एकता नहुँदा यसको फाइदा अरुले लिएको उनले जिकिर गरे ।


नयाँ दलको डेलिभरी हेर्दा पढेजस्तो देखिएन

केन्द्रीय सदस्य भट्टराईले रास्वपाप्रति लक्षित गदैै नयाँ भनेर आएकाहरु प्ढेका भनिए पनि पढेजस्तो डेलिभरी दिन नसकेको आरोप लगाए । ‘विदेशमा पढेर आएको भनेका छन्, तर उनीहरुको डेलिभरी हेर्दा बाहिर (विदेश) पढेजस्तो देखिएन,’ उनले भने ।

नयाँ भनेर आएका दलहरुले दुध बेचेर अनि मकै पोलेर सहकारीमा राखेको पैसामा ठगी र लुट गरेको आरोप लगाउँदै उनले भने,‘अहिले जितेकाहरु अर्को पटक आफ्नो ठाउँमा लड्न जान्छन् ।’

कांग्रेस नेता भट्टराईले माओवादी टुक्रा भएजस्तै नयाँ दलको पनि भविष्य नरहेको दावी गर्दे भने,‘उनीहरु आफ्नै कारणले सकिन्छन् । ’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी