राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो ज्ञापन पत्र

दमौली न्युज
  • ख-
  • ख+

दमौली : स्थानीय प्रशासनबाट पाउने सार्वजनिक सेवा सजिलै गरी प्राप्त गर्नका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नं २ तनहुँले ज्ञापन पत्र बुझाएको छ ।

पार्टीले भिमादमा ईलाका प्रशासन कार्यालयको स्थापना गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नं.२ तनहुँले तत्काल समस्या अन्त्य गरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा ज्ञापन पत्र बुझाएको हो ।

सदरमुकाम दमौलीबाट टांडा र भौगोलिक विकटता समेत रहेको ज्ञापन पत्रमा उल्लेख गर्दै घिरिङ गाउँपालिका र भिमाद तथा शुक्ला नगरपालिकाका सम्पुर्ण वडाहरु र म्याग्दे गाउँपालिकाको वडा नं ५ र रिसिङ गाउँपालिका ५,६,७र ८वडाका बासिन्दाको लागि भिमादमा ईलाका प्रशासन कार्यालयको स्थापना गर्न अत्यावश्यक भएको ज्ञापन पत्रमा जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी