श्रीमतीकोे हत्या पछि श्रीमानले पनि गरे आत्महत्या

दमौली न्युज
  • ख-
  • ख+

मोरङः मोरङमा एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे जिल्लाको बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएको खुलेको छ । उनीहरुको स्थायी ठेगाना यकिन भइसकेको छैन ।

उनले दाउले प्रहार गरेर श्रीमती गीताको हत्या गरेका थिए । दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमती को विभत्स हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको ८ वर्षका छोरा भने भागेर बाँचेका छन् ।

बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमान–श्रीमतीबीच के विषयमा विवाद भएर घटना भएको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी