लागुऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी लघुचलचित्र प्रर्दशन

दमौली न्युज
  • ख-
  • ख+

दमौली : लागुऔषध दुर्व्यसनी विरुद्ध आईतबार सचेतना मुलक सम्बन्धी लघुचलचित्र ‘सङ्गत’ प्रर्दशनी गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुं र जेशि आई व्यास नगरको संयुक्त आयोजनामा लघुचलचित्र कक्षा ११, १२ र स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि दमौली स्थित एफएक्स सिनेमा हलमा निःशुल्क प्रदर्शनी गरिएको हो ।

लागुऔषधले गर्दा घर, परिवार, समाजमामा मानसिक तनाव, कलह बढ्ने, आर्थिक नोक्सानी हुने मात्रै नभई मानिसको अकालमै मृत्यु हुने जस्ता समस्याको बारेमा लघुचलचित्रमा चित्रण गरीएको थियो ।

चलचित्र प्रदर्शनीको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जिल्लामा दिन प्रतिदिन लागुऔषध प्रयोगकर्ता बढ्दै गएकोले यो लघुचलचित्र निर्माण तथा प्रदर्शनीले न्यूनीकरणमा टेवा पुग्ने बताएका थिए न्यूनीकरणको लागि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजलाई सतमार्गमा लैजान प्रेरणादायी चलचित्र बनेको बताए ।

आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख कपिलराज बोहोरा लगाएले न्यूनीकरणको लागि यो चलचित्र विभिन्न स्थानहरुमा जस्तै विद्यालय , टोलबस्ती जस्ता स्थानमा प्रदर्शनी गरिनु पर्ने धारणा राख्नुका साथै लागुऔषध प्रयोगकर्ता अत्यधिक भएकाले ओसारपसार पनि त्यत्तिकै हुने गरेको र सबै भन्दा धेरै १५ देखि २० वर्षसम्मका युवा युवती फस्ने गरेको उनीहरुको भनाई थियो ।

लघुचलचित्र लेखन, सम्वाद तथा पटकथा नेपाल प्रहरीका प्रहरी निरीक्षक अनुज विक थिए भने सो लघुचलचित्रका निर्देशन तथा सम्पादन किशोर चौधरीले गरेका थिए । कलाकारहरू सहितको उपस्थितिमा चलचित्र प्रदर्शनी गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी