छाब्दी देउरालीमा ट्याक्टर र मोटरसाइकल ठोकिंदा महिलाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० छाब्दी देउरालीमा मोटरसाईकल र ट्याक्टर ठोकिंदा एक महिलाको ज्यान गएको छ ।


साँखेबाट दुलेगौडा जाँदै गरेको ग ७ प ६९२४ नम्बर को मोटरसाइकल र दुलेगौंडाबाट आइरहेको ग १ त ३९९४ नम्बरको ट्याक्टर ठोकिंदा शुक्लागण्डकी नगरपालिका १ निवासी ४५ वर्षिया पिपलकौरी गुरुङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतक महिला मोटरसाइकलमा सवार थिइन् । दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी