प्रधानमन्त्री कप क्रिकेटः एपीएफका भुवन बाधक बन्दा गण्डकीको हार

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः एपीएफ क्लबका भुवन कार्कीले अप्रत्यासित खेलकोशल पस्केपछि गण्डकी प्रदेश पराजित बनेको छ ।
मुलपानीस्थित क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेटमा शनिबारको खेलमा गण्डकी प्रदेश ८८ रनले पराजित भएको हो ।


एपीएफले दिएको २०८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ३४.४ ओभरमा ११९ रनमै समेटियो ।
दुई विकेटको क्षतिमा ८६ रन बनाएको गण्डकी त्यसपछिका ३३ रनमा आठ विकेट गुमाउन पुग्यो । प्रारम्भिक ब्याटरद्वय समीर कँडेलले ३३ र ईश्वर क्षेत्रीले २८ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन ।

एपीएफका लागि अमर रौटेलाले चार, मौसम ढकालले तीन, भुवन कार्कीले दुई र रमेश कुर्मीले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो। एपीएफका लागि लोकेश बमले ५०, भुवन कार्कीले ४५, प्रदीप ऐरीले ३९ र पुरन विकले ३० रन बनाए ।
गण्डकीका लागि कमल परियारले तीन, विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले दुई–दुई विकेट लिए। यसअघि नै गण्डकी फाइनलको दौडबाट बाहिरिसकेको छ ।


यो जितसँगै एपीएफले आठ अंक जोडेको छ। बाँकी दुई खेल जित्न सकेमा एपीएफको पनि १२ अंक हुनेछ। रनरेट राम्रो भएकाले फाइनलको सम्भावना रहनेछ ।

अहिले शीर्षस्थानमा रहेका नेपाल प्रहरी क्लब र बागमती प्रदेशको समान १२ अंक छ। प्रहरी क्लबका अझै तीन खेल बाँकी छन् भने बागमतीले नौ वटै खेल खेलिसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी