७५औँ गणतन्त्र दिवसमा भारतद्वारा गोर्खा सैनिक परिवारलाई ५ करोड सहयोग

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ: ७५औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले एक विशेष समारोह सम्पन्न गरेको छ ।

दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए ।


त्यसक्रममा राजदूत श्रीवास्तवले मृतक भारतीय गोर्खा सैनिकका श्रीमती र परिवारलाई रु पाँच करोड सात लाख नगद तथा कम्बल सहयोगका साथ सम्मान गरे ।

कार्यक्रममा प्रस्तुत भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको सम्बोधनमा उनले भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन बारे चर्चा गरेकी थिइन् ।

दूतावासले कार्यक्रमका अवसरमा ३० वटा संस्थालाई रु १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी