बाराहीको प्रिन्सिपलमा धामनिधि

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः दमौलीको ठूलो निजी शिक्षण संस्था बाराही आवासीय माविले धामनिधि पन्थलाई प्रिन्सिपल नियुक्त गरेको छ ।

विद्यालयले एक कार्यक्रम गर्दै नयाँ प्रिन्सिपल पन्थलाई स्वागत गरेको छ । कार्यक्रममा सञ्चालक सन्देशनारायण श्रेष्ठ तथा सरिता श्रेष्ठलगायतले पन्थलाई स्वागत गरे ।


विद्यालयले एक विज्ञप्ति जारी गर्दै शैक्षिक क्षेत्रमा ख्याती कमाएका तथा शिक्षकहरुका पनि शिक्षक पन्थलाई जिम्मेवारी प्रदान गरिएको भन्दै उनको नेतृत्वले शैक्षिक समाज र समुदायलाई योगदान दिने उल्लेख गरेको छ ।


बाराहीले निधिको कार्यकाल सफल र रुपान्तरणकारी हुने पनि आशा गरेको छ । पन्थ लामो समयदेखि शिक्षण क्षेत्रमा सक्रिय छन् ।

दमौलीमा निजी शिक्षण संस्थामध्ये प्रमुख विद्यालय बाराहीले नयाँ व्यवस्थापनका माध्यमबाट शैक्षिक परिवर्तन गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा विद्यालयले शैक्षिक नेतृत्व समेत परिवर्तन गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी